३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


३४ वर्षपछि पाटनमा महालक्ष्मी जात्रा


741
Shares

काठमाडौं । ३४ वर्षपछि पाटनमा ऐतिहासिक महालक्ष्मी जात्रा भएको छ ।

ललितपुरको महालक्ष्मी मन्दिरबाट महालक्ष्मीको मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर खटमा राखेर नगर परिक्रमा गराइएको हो ।

कायगुननी मंका खलःको आयोजनामा ललितपुर महानगरपालिकाको सहयोगमा विभिन्न संघ संस्था रहेको महालक्ष्मी जात्रा व्यवस्थापन कार्यदल गठन गरि महालक्ष्मी जात्रा पुनः संचालन गरेको हो ।

खट जात्रा महालक्ष्मी मन्दिरबाट शररु भएर लगनखेल, थति, इति, टंगल, बहि फः, चक्रबहिल, हौगल, मंगल बजार, पटको, इखालखु हुन्दै कायगुननीमा पुगेर सम्पन्न भएको थियो ।

३४ वर्ष अगाडी महालक्ष्मी जात्रा राति गर्ने परम्परा रहेको थियो तर विभिन्न कारणले गर्दा जात्रा रोकिएको थियो ।