१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशभरीकाे माैसम कस्ताे छ त…


91
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

शुक्रबार बिहान देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ । साथै अन्य भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहने भएकाे छ । त्यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन -चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार राति भने देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।