२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चितवन-२ मा अब त्रिपक्षीय भिडन्त हुन्छ: गोकुल बास्कोटा


767
Shares

काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवन–२ मा चुनावी भिडन्त त्रिपक्षीय हुने बताउनुभएकाे छ ।

शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यस्ताे बताउनुभएकाे हाे। चितवन-२ आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बिहीबार नेपाली कांग्रेसले नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएपछि नेता बास्कोटाले यस्ताे बताउनुभएकाे हाे ।

एमालेले चितवन–२ मा हुने उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवार सिफारिस गर्ने निश्चित भएकाे उहाँले बताउनुभयाे । देशकै एक प्रमुख पर्यटकीय गन्तव्यमा चुनाव एकपक्षीय नभएर त्रिपक्षीय भिडन्ततर्फ जाने देखिएको उहाँकाे भनाइ थियाे ।

चितवन–२ मा कांग्रेसले रैथाने नेता श्रेष्ठलाई टिकट दिएपछि कांग्रेसजनमा उत्साह नै पैदा भएकाे देखिएकाे समेत नेता बास्कोटाले बताउनुभयाे । गत ४ मंसिर ४ गते भएको चुनावमा चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएकाे थियाे ।

नागरिकता सम्बन्धी मुद्दा हारेपछि उहाँको सांसद पद गुम्दा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा रास्वपाबाट फेरि पनि लामिछाने उम्मेदवार हुने निश्चित छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा यस्ताे लेख्नुभएकाे छ: