
काठमाडौं । साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार २५ रूपैयाँले बढेर १ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्