२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साना तथा मझौला कम्पनीलाई शेयर बजारमा ल्याउन छुट्टै व्यवस्था


143
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुलाई शेयर बजारमा ल्याउने उद्देश्यले छुट्टै व्यवस्थासहितको नियमावली ल्याएको छ ।

बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९ को मस्यौदा जारी गरेको हो ।

बढीमा २५ करोडसम्म चुक्ता पूँजी भएका कम्पनीहरु यो प्रावधान अन्तर्गत समेटिने बोर्डले जनाएको छ ।

निजी कम्पनीको रुपमा खुलेर सार्वजनिक कम्पनीमा रुपान्तरण भएका त्यस्ता कम्पनीहरुले चुक्ता पूँजीको ३० देखि ४९ प्रतिशतसम्म साधारण शेयर जारी गर्न सक्ने छन् । तर, शेयर जारी गर्नुअघि कम्पनी दुई वर्ष निरन्तर नाफामा गएको तथा नेटवर्थ सय रुपैयाँ भन्दा माथि रहेको हुनुपर्ने छ ।

त्यस्ता कम्पनीहरुको शेयरमा आवेदन गर्दा कम्तिमा दुई सय ५० कित्ताका लागि आवेदन दिनुपर्ने ब्यवस्था पनि गरिएको छ ।

यस्ता कम्पनीहरुको शेयर कारोबारका लागि नेप्सेमा छुट्टै प्लेटफर्म सिर्जना गरिने भएको छ । यो व्यवस्थाले स–सानो पूँजी जुटाएर कम्पनी खोल्ने अभ्यास सुरू हुनसक्ने धितोपत्र बोर्डको विश्वास छ ।