
काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभए सरकारमा सहभागिता नहुने बताएका छन् ।
शुक्रबार बिहान बसेको उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहितका नेताहरूको बैठकले सम्मानजनक सहभागिता नभए सरकार बाहिर बस्ने निर्णय गरेको हो ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । कम्तीमा ३ मन्त्रालय आफूहरूले पाउनुपर्ने अडानमा कोइराला पक्ष रहेको समूहका एक नेता जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्