२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ताप्लेजुङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रतियोगिता मिलिन र दिपेन विजयी

78
Shares

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजित उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएकाे छ ।

ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष डबल सिनियर ‘ए’ तर्फको खेलमा ताप्लेजुङका मिलिन गुरुङ र दिपेन गुरुङ विजयी भएका हुन् । झापाका नविन सिलवाल र चाणक्य पाठकलाई सोझो सेटमा पराजित गर्दै उनीहरू विजयी भएका हुन् । यता पुरुष डबल सिनियर ‘बी’ तर्फ पाँचथरका बिपिन सेढाई र अनिश लावती विजयी भएका छन् ।

झापाका निहाङ राई र जुनु राईलाई २–१ को सेटमा पराजित गर्दै उनीहरु विजयी भएका हुन् । कर्मचारी तर्फ मिक्वाखोला गाउँपालिकाका मिङ्मा शेर्पा र डिकबहादुर राउत विजयी भए । उनीहरुले मैवाखोला गाउँपालिकाका मचिन्द्र थक्लुङ र राजकुमार देवानलाई पराजित गर्दै विजयी भएका हुन् ।

यता भेट्रान्स डबल ४५ वर्ष उमेर भन्दा माथिको खेलमा भुपाल र मानबहादुर पालुंवाले सोझो सेटमा राम नेयोङ र नरेन्द्र ईधिङ्गोलाई पराजित गरेका छन् । पुरुष डबल प्रथम र दोस्रो हुने खेलाडीले क्रमश नगद ४५ हजार र ३० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरुष डबल बी तर्फको पहिलो र दोस्रो हुने खेलाडीले क्रमस नगद ३५ हजार र २५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यता कर्मचारी तर्फ पहिलो र दोस्रो हुने खेलाडीहरुले क्रमस ३५ र २५ हजार रुपैंयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खेलकुदको विकाससँगै खेल पर्यटन प्रवर्द्धनका लागि गरिएको प्रतियोगितामा दर्शकलाई फुङफुङे झरनाको अवलोकन गराइएको थियो । साथै बाईक र्याली समेत निकालिएको थियो ।