
काठमाडौं । शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा डा. प्रकाश शरण महत अर्थ मन्त्री बोका छन् ।
महतलाई देशको बिग्रिदै गएको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने चुनौती छ ।
को हुन् महत ?
बिसं २०१६ कात्तिकमा नुवाकोट जिल्लाको कविलासका जन्मिएका महत अहिले कांग्रेसको केन्द्रीय प्रवत्ता छन् । शुक्रबार अर्थमन्त्री बनेका महतले यस अघि पनि पटक पटक मन्त्री बन्ने सौभाग्य पाएका थिए । महत कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र मानिन्छन् । त्यसकारण अरुलाई उछिनेर महत अर्थमन्त्री बनेका हुन् ।
बिसं २०३६ सालमा नेपाल विद्यार्थीसंघ मार्फत महत राजनीतिमा प्रवेश गरेका हुन् । महत नेबिसंघको महामन्त्री समेत बनेका थिए । अर्थशास्त्रमा पीएचडी गरेका महतलाई अर्थविद्का रुपमा पनि लिइन्छ ।
देशको पछिल्लो अर्थतन्त्र कमजोर रहेको बताइँदै गरेको अवस्थामा महत अर्थ मन्त्री बनेका छन् । अर्थतन्त्र सुधार्ने जिम्मा अब महतकै काँधमा आएको छ ।
यस अघि महत उर्जा मन्त्री र परराष्ट्र मन्त्री समेत भएका थिए । संसदीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने मौका पाएपनि महत जित्न भने सकेका छैनन् ।
महत पहिलो र दोस्रो संविधान सभामा समानुपातिक सांसद थिए भने यसपटक पनि समानुपातिकबाटै उनी प्रतिनिधि सभामा कांग्रेसबाट सांसद बनेका हुन् । महत २०७४ मा काठमाडौं ५ बाट उम्मेदवार बनेर पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्