
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
सभामुख घिमिरेले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।
सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा सञ्चार क्षेत्रलाई लगाउने काममा रिपोर्टर्स क्लब नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्