२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देशमा ठूला-ठूला चुनौतिहरु बढीरहेको छ : झलनाथ खनाल


117
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा ठूलाठूला समस्या र चुनौतिहरु बढीरहेको बताउनुभएको छ ।

शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थापना भएपछि ठूलाठूला समस्याहरु र चुनौतिहरु खडा भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले अहिले अन्तर्राष्ट्रिय जगत पनि चुनौतिपूर्ण अवस्थामा रहेको उल्ल्ेख गर्नुभयो । विश्व नै अहिले अनिश्चयपूर्ण बनेको भन्दै संयमित भएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले विश्वमा अहिले विश्वयुछ नै हुने हो की भन्ने चिन्ता रहेको बताउनुभयो ।