१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तीन प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना


1.313k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ ।

हाल देश भर सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।