२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्कीमा राहतका लागि एक चौथाई रकम जुट्याे


91
Shares

एजेन्सी । संयुक्त राष्ट्र संघले टर्कीमा राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाई रकम जुटेको जनाएको छ ।

टर्कीमा ५५ हजार भन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसंघले राहत कार्यका लागि अपिल समेत गरेकाे थियाे । जसअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेको जनाएको हो ।

गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेकाे थियाे । त्यपछि संयुक्त राष्ट्रसंघले राहतको लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्य राखेको छ ।

जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपत्कालिन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताउनुभएको छ । गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसंघले टर्कीमा भूकम्पपछिको पहिलो ३ महिनामा ५० लाख भन्दा बढी मानिसलाई सहयोग गर्न १ अर्ब अमेरिकी डलरको अपिल गरेको थियो ।