
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरु प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन् ।
शनिबार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् ।
मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ ।
उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन ।
यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन ।
शनिबार बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए ।
अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीचको वार्ता जारी छ ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने निर्णय गर्नुभएको थियो । य
मिटरब्याज पीडितले केही दिनदेखि काठमाडौमा प्रदर्शन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्