
काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर शनिबार भूकम्प गएको छ ।
दोलखाको सुरी केन्द्र बिन्दु भएर शनिबार बिहान ११ बजेर २७ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हो ।
उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।
पछिल्लो समय नेपालको पूर्व र पश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाने क्रम बढिरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्