१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


युवा-युवतीहरूका लागि सचेतना मूलक कार्यक्रम


130
Shares

काठमाडौं । पछिल्लाे समय युवायुवतीलाई सामाजिक उत्तरदायित्व बहन गराउने उद्देश्यले विभिन्न सचेतना मूलक कार्यक्रम भइरहेका छन् ।

सामाजिक, आर्थिक परिवर्तनका लागि युवाहरुबाट मात्र सम्भव हुने भन्दै युवा दायित्व र चुनौतीका विषयमा रोटरी क्लब आफ महाराजगञ्जले प्रशिक्षण दिएको हो । घरदेखि विद्यालयसम्म हुने परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले इन्ट्राक्ट क्लब अफ महाराजगञ्ज गठन गर्दै उनीहरुलाई युवाहरुको दायित्व र कर्तव्यको विषयमा प्रशिक्षित समेत गरिएको थियो ।

रोटरी क्लब अफ महाराजगञ्जकी अध्यक्ष मञ्जु गुरुङले युवाहरुमा नेतृत्व क्षमताको विकास गर्नु अहिलेको चुनौती भएको भन्दै गलत बाटोमा जान नदिन र सही बाटोमा अगाडी बढाउन युवा नेतृत्व आफैं लाग्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय विद्यालय पढ्ने उमेरका किशोर किशोरी लागू पदार्थ दुर्व्यसनीको शिकार, सेवन र ओसार पसारमा सहभागी हुने दर बढ्दै जाँदा जनचेतना मूलक सन्देश प्रवाह गर्न सहयोगी हुने बताउनुभयाे।

विशेष गरी युवालाई सामाजिक काममा समर्पित गर्ने र युवाहरु सकारात्मक रुपमा अगाडि बढे मात्र विकृति अन्त्य हुनेछ ।