१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नवजोत सिंह सिद्धू रिहा


1.196k
Shares

एजेन्सी । भारतीय कंग्रेसका नेता नवजोत सिंह सिद्धू जेलमुक्त भएका छन् ।

१० महिनाको करागार बसाइपछि शनिबार उनी पटियाला जेलबाट रिहा भएका हुन् ।

सन् १९८८ मै सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनाका कारण उनी जेल परेका थिए । झडपमा चोट लागेका गुरनाम सिंहको निधन भएको थियो ।

त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई एक वर्षको जेल र एक हजार जरिवानाको सजाय सुनाएको थियो । उनलाई सर्वोच्चले जेल सजाय सुनाएपछि उनले आत्मसमर्पण गरेका थिए ।