२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


बार्सिलोनाको फराकिलो जित


546
Shares

एजेन्सी । शीर्षस्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । अन्सु फाती र फेरान टोरेसको नाममा एक एक गोल रह्यो ।

खेलको २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । ५६ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई दोब्बरअग्रता दिलाए । ६६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । त्यसपछि ७० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।