७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एस्टन भिल्लाले चेल्सीलाई हरायो


364
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले चेल्सीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा एस्टनले चेल्सीलाई २–० ले हराएको हो ।

खेलको १८ औं मिनेटमा ओली वाटकिन्सले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५६ औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई २–० को जित दिलाए ।

जितसँगै एस्टन २८ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित चेल्सी ३८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।