१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


असन्तुष्ट नेविसंघको एक समूहले थाल्यो कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन


325
Shares

काठमाडौं । नेविसंघको एक समूह नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा बसेको छ ।

नेविसंघ सभापति दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्ट नेविसंघको एक समूहले शनिबारदेखि रिले अनसन सुरू गरेको हो ।

शनिबार पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए भने आइतबार (दोस्रो दिन) अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनशनमा बसेका छन् ।

सभापति शेर्पाको म्याद सकिएकोले सो कार्यसमिति खारेज गर्नुपर्ने, नयाँ पदाधिकारीसहित विधानसम्मत समिति ल्याउनुपर्ने र अवैधानिक तरिकारले पत्र पठाउँदै जिल्ला अध्यक्ष तोक्ने काम बन्द गरिनुपर्ने उनीहरूको माग छ ।

साथै उनीहरूले १२ औं महाधिवेशन तत्काल गर्न माग समेत गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको निर्णयअनुसार काठमाडौंका दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नु भएको थियो ।

शेर्पालाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।