८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डर्टमण्डलाई हराउँदै बायर्न शीर्षस्थानमा


312
Shares

एजेन्सी । बोरुसिया डर्टमण्डलाई हराउँदै बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा बायर्न डर्टमण्डलाई ४–२ ले हराएर शीर्षस्थानमा उक्लिएको हो ।

खेलको १३ औं मिनेटमा गोलरक्षक ग्रेगर कोबेलको आत्मघाती गोलबाट बायर्नले सुरुआती अग्रता लिएको थियो । १८ औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई दोब्बर अग्रता दिलाए । २३ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–० को अग्रता दिलाए ।

५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए । ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४–१ को स्थितिमा ल्याए । त्यसपछि ९० औं मिनेटमा डोनएल मालेनले गोल गर्दै डर्टमण्डलाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न सकेन ।

जितसँगै शीर्षस्थानमा उक्लिएको बायर्नको २६ खेलबाट ५५ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा झरेको डर्टमण्डको ५३ अंक छ ।