२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वर्षाले लुम्बिनीको गहुँबालीमा क्षति


195
Shares

काठमाडौं । वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा लगाएको गहुँबालीमा क्षति पुगेको छ ।

बाली भित्र्याउने बेलामा बेमौसमी वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ का कृषकले बताएका छन् ।

यस्तै, कोटहीमाई गाउँपालिका–३ का कृषकले थ्रेसिङका लागि राखेको गहुँ पनि वर्षाले भिजेको गुनासो गरेका छन् ।

बेमौसमी वर्षा र असिनाले यस वर्ष चार प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना भएको र अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र कृषकले भित्र्याउन सकेको कृषि ज्ञान केन्द्र रूपन्देहीले जनाएको छ ।

पानीले नष्ट भएको गहुँको सूचना तथा तथ्याङ्क संकलन गरिरहेको केन्द्रले जनाएको छ ।

यसवर्ष रूपन्देही जिल्लामा २६ हजार सात सय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ ।