२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विश्व अटिजम दिवस मनाईयो


78
Shares

काठमाडौं । विश्व अटिजम जनचेतना दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

अप्रिल २ मा विश्वभर मनाउने अटिजम जनचेतना दिवशमा यो वर्ष लाईट ईट अप व्लु नाराका साथ मनाईएको छ ।

अटिजम जनचेतना दिवशको अवसरमा काठमाडौंको विशेष स्कुल तथा पुनस्थापना केन्द्रले अटिजम भएका बालबालीकालाई सम्मान गरेको छ ।

डब्लु एच ओको तथ्याङक अनुसार विश्वमा जन्मिएका बालबालीका बध्य एक प्रतिशतलाई अटिजमको समस्या देखने गर्छ । जसअनुसार नेपालमा ३ लाख बालबालिकामा अटिजम भएको अनुमान छ ।

अटिजम भनेको नशाको सही विकास नभएको अवस्था हो । यस्तो समस्या भएका वालवालिकाले सामान्य वालवालिकाभन्दा फरक किसिमका व्यवहार देखाउने गर्छन् । कुनै क्रियाकलाप दोहोर्‍याईरहने, दोहोरो सम्वाद नगर्ने, एकोहोरिने, राम्रोसँग वोल्न नसक्ने, शब्दहरु दोहोर्‍याईरहने लक्षणहरु अटिजम भएका बालबालिकामा देखिन्छ ।

अटिजम भएको १८ महिना देखी २ वर्षको उमेरमा थाहा पाउन सकिन्छ । परिवारको साथ र सहयोग तथा विभिन्न थेरापीहरुबाट उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सकिने चिकित्सकहरुको भनाई छ ।