
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताउनुभएको छ ।
आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । उहाँले एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने दाबी गर्नुभयो ।
महासचिव पोखरेलले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहीत गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहीत गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताउनुभयो ।
महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्