२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ


338
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुलमखुला हमला भइरहेको बताउनुभएको छ ।

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको बताउनुभयो ।

उहाँले संघीयताविरोधीहरुले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै उहाँले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताउनुभयो । उहाँले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने बताउनुभयो । उहाँले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो ।

उपमहासचव गुरुङले संघीयताबिरोधीहरुलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने बताउनुभयो ।