
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरुको गठजोडमा आफूहरु नलाग्ने बताउनुभयो ।
आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताउनुभयो ।
दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनुभयो । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गर्नुभयो ।
ओलीले आफ्नो पार्टीले आगामी ४ वर्षभित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढने संकल्प लिएकाले सोही अनुसारको गम्भिरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्