६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने


117
Shares

काठमाडाैं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ।

सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो । साेमबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सडकखण्ड निमार्णस्थल वरपर आवतजावतमा समेत रोक लगाएको छ । एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकर लगायतका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने अवरोध नहुने जनाइएको छ ।

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले सडक संचालन गर्दा माथिबाट खस्ने ढुंगाले जोखिम हुने भएकाले सडक बन्द गर्नुपर्ने जनाएको छ ।