२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ललितपुरमा महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी


156
Shares

काठमाडौं । साेमबार ललितपुरको कुपण्डोलमा रहेकाे महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

साेमबार बिहान आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका हुन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर समेत जलेका छन् । नेपाल प्रहरीको सक्रियतामा आगाे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएकाे छ ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको जनाइकाे छ ।