
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन अस्पतालमा पुग्नुभएकाे छ ।
उपराष्ट्रपति यादवले पेट र छातिमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई साेमबार बिहान अस्पतालमै पुगेर भेट्नुभएकाे हाे । उहाँले पौडेलकाे स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएका हुन् ।
भेटका क्रममा उहाँले राष्ट्रपति पौडेललको स्वास्थ्य लाभको कामना समेत गर्नुभएकाे उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । रास्ट्रपति पौडेल गत शनिबारदेखि शिक्षण अस्पताल भर्ना हुनुभएकाे थियाे ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख भएकाे पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्