
बर्दिया । बर्दियाको राजापुर नगरपालिका-८ ले पहिलो पटक नमूना कार्यक्रम ‘सिक्दै कमाउँदै’ संचालनमा गरेको छ ।
नगरपालिका-८ काे वडा कार्यालयले बेरोजगार युवा युवतीहरुमाझ साेही कार्यक्रम संचालन गरेकोे हो ।
कार्यक्रममा स्थानीय बेरोजगार युवायुवतीहरुलाई सहभागी गराइने र उनीहरुलाई सिकाउदै कमाउने बातावरण मिलाइने वडा अध्यक्ष राजेश थारुले बताउनुभयो ।
कार्यक्रममा सहभागी युवायुवतीले स्थानीय स्तरमा सहजै पाइने बेतवास जस्ता कच्चा पदार्थबाट र्याक, खैचा, डिलिया, ढकीया र सुप्पा लगायतका सामग्री बनाउने तालिम लिदै सामग्री उत्पादन गरेका छन् । उत्पादित सामग्री बिक्री गरेर उनीहरुले आर्थिक उपार्जन समेत गरिरहेका छन् ।
सिक्दै सिकाउदै कार्यक्रम निरन्तर जारी रहने र उत्पादित वस्तुहरुको बिक्रीका लागि सहज बजारीकरणको व्यवस्था समेत वडा कार्यलयले गर्ने वडाध्यक्ष थारुले बताउनुभयो । यही हप्ताबाट सुरु भएकाे कार्यक्रममा पहिलो चरणमा २० जना सहभागी भएका छन् ।
स्थाीय स्तरमै साना उद्योग खोल्ने समेत लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्