१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आईपीएलमा आज चेन्नाई सुपर र लखनउ सुपरबीच प्रतिस्पर्धा हुने


117
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सोमबार एक खेल हुने भएकाे छ ।

नेपाली समय अनुसार बेलुका साेमबार पौने ८ बजे चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा हुने खेलमा चेन्नाई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ । यस सिजनको दोस्रो खेल खेल्न लागेका दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहेको छ ।

सानदार सुरुवात गरेको लखनउ दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा आफ्नै घरेलु मैदानमा दिल्ली क्यापिटल्स माथि ५० रनको सानदार जित निकालेको लखनउ सोमबारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

पहिलो खेलमा जित हात पारेको लखनउ २ अंकका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा रहेको छ । उता चेन्नाईले भने पहिलो खेल नै हारबाट सुरुवात गरेको थियो । उद्घाटन खेलमा गुजरात टाईटन्ससँग ५ विकेटले पराजित भएको थियो । घरेलु मैदानमा चेन्नाई पहिलो जितको खोजीमा रहनेछ ।

पहिलो खेलमा हार सहित चेन्नाई अंकविहीन रुपमा सातौं स्थानमा रहेको छ । चेन्नाई र लखनउबीच हालसम्म भएको एक मात्र खेलमा लखनउ अपराजित रहेको छ ।