
काठमाडौं । तनहुँ –१ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएको छ ।
भट्टराईले सोमबार दिउँसो उम्मेदवारी दर्ता गराउनु भएको हो । भट्टराई सत्ता गठबन्धनमा रहेका दलहरुको साझा उम्मेदवार बन्नु भएको हो । गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएवपछि तनहुँ १ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
वैशाख १० मा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेले उम्मेदवारी दिदैं हुनुहुन्छ । नेकपा एमालेका तर्फबाट भने सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्