
प्रतीकात्मक ।
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका ६ खुटौनामा रुखले किच्दा एक जना महिलाको मृत्यु भएको छ ।
सोमबार बाटो छेउमा रहेको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा पैदलयात्रु महिलाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न सकेको छैन् ।
प्रहरीका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्