
काठमाडौं । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसमा तर्फबाट जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
श्रेष्ठले सोमबार दिउँसो भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । श्रेष्ठ चितवन कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुनुहुन्छ । श्रेष्ठलाई सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका दलहरुको समर्थन रहेको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । तर नागरिकता विवादमा लामिछानेको सांसद पद गएको थियो । त्यसैकारण त्यहाँ फेरि निर्वाचन हुन लागेको हो । लामिछानेले सो क्षेत्रबाट सोमबार बिहान फेरि उमेदवारी दर्ता गरिसक्नु भएको छ । सो क्षेत्रमा आगामी बैशाख १० मा मतदान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्