
काठमाडौं । बारा –२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट .रमेश खरेलले मनोनयन दर्ता गर्नुभएको छ ।
खरेलले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराउनु भएको हो । यही चैत ३ गते रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा –२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । वैशाख १० मा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष उपेन्द्र यादवले सोमबार नै उम्मेदवारी दर्ता गराइसक्नु भएको छ
बारा –२ सँगै तनहुँ –१ र चितवन–२ मा पनि बैशाख १० मा उपनिर्वाचन हुँदैछ । बारा –२ बाट प्रतिनिधि सभामा निर्वाचित रामसहाय प्रसाद यादव चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो ।
तनहुँ –१ मा गत फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि सो क्षेत्र खाली भएको हो । त्यसैगरी रबि लामिछानेको नागरिकता विवादमा सांसद पद गएपछि चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्