
इलाम । ईमेजकर्मी प्रकाश नेपाल पुरस्कृत हुनुभएको छ ।
ईमेज टेलिभिजनका इलाम संवाददाता युवा पत्रकार नेपाल दलबहादुर बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
लामो समयदेखि पत्रकारितामा क्रियाशील उहाँलाई ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार जुनतारा सामाजिक विकास केन्द्र इलामले नगद दस हजार रुपैयाँसहित सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट सामाजिक तथा सहकारी क्षेत्रको उन्नयनका लागि समाचारहरु प्रकाशन तथा प्रशारण गरि समाजलाई सहकारी सम्बन्धि चेतना बढाउने कार्य गरेकाले नेपालालाई सम्मान गरिएको विकाश केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्