
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।
सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताउनुभएको हो ।
सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताउनुभयो । उहाँले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनुभयो ।
उहाँले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने बताउनुभयो । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणलीले कुनै खदिलो परिणाम दिन नसक्ने उहाँको भनाइ थियो ।
पूर्वराजा शाहले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती, शान्ति र अनुशासन बिना हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्