२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई सघाउने नेकपा एसको निर्णय


754
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी बैैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले बारा–२, चितवन–२ र तनहुँ–१ मा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको हो ।

यी तीनै क्षेत्रमा एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवार छैनन् । सत्ता गठबन्धनबाट बारा–२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन–२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ–१ कांग्रेसका गोविन्द भट्टराई प्रत्याशी रहनुभएको छ ।