
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरब गर्न लायक संगठनका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ ।
गैरकानूनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै उहाँले नेपाली जनताले प्रहरीलाई नयाँ रुपमा देख्न पाउनुपर्ने बताउनुभयो । प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा मन्त्री श्रेष्ठले सबैले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले संगठनको शुद्धीकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले त्यसका लागि आफू दृढताका साथ लागेको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्