८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


अनलाइन ठगीमा संलग्न २३ जना जनकपुरबाट पक्राउ


442
Shares

काठमाडौं । अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो ।

उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आईरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उनीहरुले विभिन्न एपमार्फत हनिट्रयाप जस्तो धन्धा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी रहेको गौतमले बताउनुभयो ।