
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाई हुने भएको छ ।
गत आइतबार कानुन व्यवसायी युवराज पौडेलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेकोमा सर्वोच्च प्रशासनले सोमबार रिट दर्ता गर्दै मंगलबारका लागि पेशी तोेकेको हो ।
महान्यायाधिवक्ताको कार्यालयले यही चैत ६ गते लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरी, काठमाठौं सरकारी वकिल कार्यालय र पाटन उच्च सरकारी वकिल कार्यालयको सिफारिसलाई महान्यायाधीवक्ताको कार्यालयले सदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेको नागरिकता विवादको फैसला दिने क्रममा राहदानी ऐन अनुसार राहदानी प्रकरणको विवाद निरुपण हुनुपर्ने भनेकाले महान्यायाधीवक्तालाई निर्णय गर्ने अधिकार नरहेको जिकीर रिट निवेदनमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्