
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायतका देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्