
काठमाडौं । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित ३६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
सोमबार १२ राजनीतिक दलका १२ जना तथा २४ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले जानकारी दिएको छ ।
राजनीतिक दलतर्फ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का पुरूषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालालप्रसाद सा तेली, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव, नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अंसारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमार र हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, राप्रपा नेपालका मनिफ मिया अंसारी र आम जनता पार्टीका अरूणकुमार ज्ञवालीले उम्मेदवारी दिनु भएको छ ।
यस्तै स्वतन्त्रतर्फ बिनोद कुमार कर्ण, धुपलाल हजरा, गिरजा कुमारी, उमा कुमारी कुशवाहा, सिगारी देवी, रिता देवी, दिनेश प्रसाद यादव, असर्फी राउत अहिर, बाबुराम प्रसाद, मुना मुंसरी, जैसी राउत, धर्मवीर प्रसाद यादव, उमेश प्रसाद यादव, सुरेन्द्र कुमार सिंह, जितेन्द्र प्रसाद यादव, दुर्गा प्रसाद कोईरी, बीरेन्द्र प्रसाद यादव, छोटेलाल महतो कोईरी, कुसेसवर साह बनिया, शम्भु प्रसाद साह तेली, राधिका न्यौपाने साह कलवार, रामबालक महरा/चमार, सुरज साह तेली र बीरेन्द्र पंडित रहनु भएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव जसपाबाट निर्वाचित भएका हुनुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्