
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै मंगलबार ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।
मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्याइएको उनीहरूकाे गुनासाे छ ।
१ सय रुपैयाँ पुर्याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोध गर्दै आइरहेका छन्। गत मंसिर १३ गते उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्