१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवन-२ का उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी


26
Shares

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट उमेदवार बन्नु भएका राष्ट्रिष्य स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।

लामिछानेविरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनु भएको हो ।

नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले लामिछाने प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन अयोग्य रहेको जिकिर गर्नु भएको छ । उक्त धारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले विदेशको स्थायी आवासीय अनुमतिपत्र त्याग गरेको तीन महिना नपुगी कुनै पदमा निर्वाचित वा मनोनीत हुन नमिल्ने व्यवस्था छ । सोही आधारमा पौडेलले लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्नुभएको हो ।

उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ ।

चितवन-२ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि सोमबार लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको थियो।