
काठमाडाैं । नेपाल र भारतकाे सीमा महाकाली नदीमा डुंगा सञ्चालन गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिकाको हल्दु विनायक घाटमा डुंगा सञ्चालनमा रोक लगाइएको हो । यहाँका अन्य घाटहरुमा डुंगा सञ्चालन भए पनि हल्दुविनायक घाटमा एसएसबीले १ वर्षदेखि अवरोध गर्दै आएको छ ।
हल्दु विनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएको विषयमा भारतीय सुरक्षा निकायलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएकाे छ । भारतको पिथौरागढका सुरक्षा अधिकारीसँग धेरै पटक डुंगा सञ्चालनमा रोक लगाएको बारेमा कुरा भएको र पत्राचार समेत भएको जनाइएकाे छ ।
पुल निर्माण गर्न भारतीय पक्ष सहमत नभपछि कारण यहाँ पुल बन्न नसकेको हाे ।
प्रतिक्रिया दिनुहोस्