
एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीले १६ वर्ष पुरानो एक चुम्बन प्रकरणमा अदालतबाट राहत पाएकी छन् ।
सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरेले एक सार्वजनिक कार्यक्रममा अभिनेत्रीलाई चुम्बन गरेका थिए । मुम्बई सेसन अदालतले सोमबार २००७ को यो अश्लिलता मुद्दामा शिल्पालाई सफाइ दिने आदेशविरुद्ध दायर गरेको मुद्दा खारेज गरेको छ ।
सार्वजनिक कार्यक्रमको स्टेजमा शिल्पालाई सबैको अगाडि रिचर्डले चुम्बन गरेपछि शिल्पाविरुद्ध मुद्दा दर्ता भएको थियो । अतिरिक्त सेसन न्यायाधीश एससी जाधवले सफाइ दिने अदालतको आदेशविद्धको निवेदनलाई खारेज गरेका हुन् ।
१६ वर्ष पुरानो यो घटना राजस्थानमा आयोजित एड्स सचेतना कार्यक्रममा भएको थियो । रिचर्डले स्टेजमा सबैका अगाडि शेट्टीलाई चुम्बन गरेका थिए । त्यसपछि भारतका धेरै ठाउँबाट घटनाविरुद्ध आवाज उठेको थियो । मानिसले यसलाई अश्लील र देशको संस्कृतिको अपमान भएको भन्दै विरोध गरेका थिए ।
शिल्पा र रिचर्डविरुद्ध राजस्थानमा आईपीसी र सूचना प्रविधि ऐनका विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । सन् २०१७ मा मुद्दा सर्वोच्च अदालतको आदेशमा मुम्बईमा सारिएको थियो ।
जनवरी २०२२ मा म्याजिस्ट्रेट अदालतले शिल्पालाई उक्त आरोपबाट सफाइ दिएको थियो । शिल्पा रिचर्डले गेरेको कार्यको सिकार भएको अदालतको फैसला थियो ।
प्रतिक्रिया दिनुहोस्