२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा सांसदकाे जोड


104
Shares

काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहालले संघीयता, गणतन्त्र पक्षधर शक्तिबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढनुपर्नेमा जोड दिनु भएको छ ।

मुलुकमा देखा परेको आर्थिक जटिलता, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र जनताको अपेक्षा अनुसार विकास र समृद्धिको कामलाई अघि बढाउन सरकारले राष्ट्रिय सहमतिको बाटोबाटै अघि बढनुपर्ने उहाँको भनाइ थियो ।

सांसद दाहालले वर्तमान सरकारले पनि सोही कुरालाई आत्मासात गरेर अघि बढिरहेको दावी समेत गर्नु भयो ।

सांसद दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।