२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राज्यको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक सुधार आवश्यक : सभामुख घिमिर


39
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउने गरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले शिक्षालाई राज्यले प्राथमिकता दिएपनि लगानी अनुसारको नतिजा आउन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको बताउनुभयो । सभामुख घिमिरेले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्नुको कारण पत्ता लगाइ यथोचित सम्बोधन हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरुलाई सुलव शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।

सभामुख घिमिरेले शिक्षा ऐन पूरा पारित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।