
एजेन्सी । फिनल्यान्डले उत्तर एटलान्टिक सैन्य संगठन नाटोमा आबद्ध भएको छ ।
विश्वको सबैभन्दा ठूलो सैन्य गठबन्धन नाटोमा आबद्ध हुने फिनल्याण्ड ३१ औं सदस्य बनेको हो ।
नाटो महासचिव जेन्स स्टोल्टेनबर्गले फिनल्याण्ड आबद्ध भएसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नाटोको विस्तार रोक्न असफल भएको टिप्पणी गर्नुभएको छ ।
उत्तर युरोपेली मुलुकहरुमा स्वडेन पनि नाटो सदस्य बन्ने प्रतिक्षामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्