
काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार दुई हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि चैत ५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।
तेजावी सुन प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार ४० रूपैयाँले बढेर १ हजार ४४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्